।। श्री ।।
 
ॐ नमः शिवाय   ॐ नमो वासुदेवाय   ॐ नमो बुद्धाय
 
ईश्वरीय गणतन्त्र पार्टीको
घोषणा–पत्र
सर्वे भवन्तु सुखिनः
 

भगवान पशुपतिनाथको अनुकम्पाननुसार १०० भन्दा बढी मूलका समस्त नेपालीले कसैको डर धम्कीबाट पूरा छुटकारा, नागरिकको जिउधनको सुरक्षा तथा आनन्दमय एवम् अहिंसाको सुमधुर प्रवाह साथ समृद्ध नेपालको अचुक एवं द्रुतगतिले भविष्य निर्माण गर्दै हाम्रा सन्तान दरसन्तानले पुण्यभूमि हाम्रो प्यारो सार्वभौमसत्ता सम्पन्न नेपाल राष्ट्रमा सदाका लागि बसोबास गर्न पाउन् भन्ने स्पष्ट निक्र्यौल साथ "ईश्वरीय गणतन्त्र पार्टी" को विधि निर्माण भएको हो ।

तपसिल

१. हाम्रो राष्ट्र नेपालमा बसोबास गर्ने समस्त नेपालीले उपभोग गर्ने भन्दा बढ्ता जैविक खाद्यपदार्थ उत्पादन गर्दै बढी भएको खाद्यपदार्थ विदेशमा निर्यात गरिनेछ ।

२. सबै नगरपालिकाहरूका लागि सस्तो एवम् स्वास्थ्यपूर्ण घरहरूको ढाँचा तयार गरिनेछ र नगरपालिकाहरूमा पैसा दाखिला गरेर घरको साँचो घरधनीले बुझेर लिने व्यवस्था गरिनेछ । गाउँपालिकाहरूका लागि सामान्यतया सिमन्टी, फलाम, प्लाष्टिक एवं सिसा प्रयोग नगर्ने गरी सस्तो र स्वास्थ्यकर घरहरू बनाउने दक्ष कामदारहरू तयार गर्न तालिमको व्यवस्था गरिनेछ ।

३. सबै नगरपालिकाहरूमा खानेपानीको पूरा व्यवस्थापन गरिनेछ ।

४. निजी कारखानाहरूले उत्पादन गरेका कपडा एवम् लुगाफाटा स्वास्थ्यकर हुनेछन् । स्वास्थ्यकर सामान उत्पादन नगर्ने कारखानाहरूलाई चेतावनी दिनेछ ।

५. बजारमा आएका खाद्यपदार्थ गुणस्तरको नभएमा उत्पादकलाई सो कुराको ध्यानाकर्षण राम्रो गुणस्तरको खाद्यपदार्थ निरन्तर बजारमा आउने र गुणस्तर बृद्धि हुँदै जाने व्यवस्थापन गरिनेछ ।

६.'ईश्वरीय गणतन्त्र पार्टी' समाजवादी पार्टी होइन। पारदर्शी प्रतिस्पर्धाको पूँजीवादी विकासमा सरकारले कुनै अवरोध गर्नेछैन। पारदर्शी प्रतिस्पर्धाको माध्यमले सर्वसाधारण जनताले न्यूनतम मूल्यमा राम्रो भन्दा राम्रो सामान बजारमा प्रशस्त पाउनेछन् ।

७.हाम्रो देशमा सयौं वर्ष देखि घूस खाने आतङ्कबाट जनताले पीडा भोग्दै आएकोमा २०४६ सालमा बहुदलीय शासन पद्धतिको पुनस्र्थापना भए पश्चात उक्त घूस खाने आतङ्कबाट सर्वसाधारण जनता झन् निरन्तर पीडित भएकाले ३ वर्ष भित्र उक्त आतङ्कबाट जनतालाई मुक्त गरिनेछ । अड्डा अदालतमा उक्त आतङ्क प्राय उन्मूलन गरिनेछ ।

८. नेपाल राष्ट्रका सम्पूर्ण खोलानाला छिटो भन्दा छिटो प्रदूषणबाट मुक्त गरिनेछ । भोटबाट नेपाल पस्ने खोलाहरू पनि भोटमै प्रदूषण भएको पाइएमा चीन–नेपालको आपसी सहयोगद्धारा समाधान गरिनेछ ।

९. हामीले निरन्तर सास फेर्ने हावालाई शुद्ध भन्दा शुद्ध गर्दै लैजान हामीले प्रयोग गर्ने यातायातका साधनहरू जलविद्युतबाट प्राप्त हुने बिजुलीको प्रयोग गरेर बिजुलीकरण गर्दै लाने व्यवस्था गरिनेछ ।

१०. नेपाल सरकारले जति कर बढायो जनताले उपभोग गर्ने सामान त्यति अनुपातमा महँगो हुँदै जाने हुँदा करको दायरा आयात एवम् निर्यातमा १% मा सीमित गर्ने व्यवस्था तर्फ लानेछ ।

११. हाल बाँझो रहेका सार्वजनिक र निजी जग्गाहरू नेपाली वा विदेशी कम्पनी÷व्यक्तिलाई ३५ वर्षको लागि भाडामा लगाइनेछ । त्यसरी भाडामा दिंदा सरकारले तयार गरेको कागजको ढाँचामा सरकारकै रोहबरमा गरिनेछ ।बाँझो रहेका जग्गाबाट निकै आम्दानी हुनुको साथै विदेशमा जाने युवक–युवतिहरूले स्वदेशमै काम पाउने तर्फ पनि सहयोग हुनेछ । यसबाट सामाजिक समस्या समेत कम हुँदै जानेछ ।

१२. जग्गा भाडामा लगाउँदा प्राकृतिक सौन्दर्य बमोजिम भाडा निकै फरक पर्ने र प्राकृतिक सौन्दर्य अनुसार भाडा धेरै लिने व्यवस्था गरिनेछ ।

१३. भाडामा लगाइएमा जग्गाहरूबाट प्रदुषण नहुने उद्योगहरू मात्र संचालन गराइने र न्यून कर लगाइने हुँदा उद्योगपतिहरू आकर्षित हुनेछन् ।

१४. नेपाल वायुसेवा निगम खारेज गरिनेछ । निगमका जहाजहरू लिलाममा जानेछन् । विमानस्थलहरू सुविधायुक्त हुनेछन् ।

१५. विदेशका नेपाली राजदुतावासहरूको संख्या कम गर्र्दै लानेछ । बेजिङ र दिल्लीस्थित नेपाली दुतावासमा योग्य व्यक्तिको मात्र नियुक्ति हुनेछन् ।
चीन–नेपाल सम्बन्ध, भारत–नेपाल सम्बन्ध र अन्तरराष्ट्रिय कानूनमा विशेष अध्ययन गरेकाले मात्र त्यस्तो कामको जिम्मा पाउनेछन् । कोलकाटा र ल्हासामा वाणिज्य दुतावास कायम हुनेछन् । संयुक्त राष्ट्र सङ्घमा नेपालको उपस्थिति राम्रो योग्य कुशल व्यक्तिबाट हुनेछ ।

१६. लाखौं नेपालीले काम गर्ने इमिरेट र मलेसियामा अवस्थित नेपाली राजदुतावासहरूलाई पूर्ण रूपले संवेदनशील गरिनेछन् ।

१७. महिनावारी भएका महिला र त्यस्तै जवानीमा प्रवेश गरेका पुरुषले आफूखुसी बिहे गर्न पाउनेछन् । यस्ता तरुण–तरुणीलाई यौन शिक्षाको व्यवस्थापन गरिनेछ । तरुण तरुणीलाई विवाह गर्न प्रोत्साहन गरिनेछ । कुनै साधनको प्रयोग बिना जनसंख्या नियन्त्रण गरिनेछ ।

१८. भारतसंगको सिमाना यतावत खुल्ला रहनेछ । चीनसंग पनि सिमाना यथावत रहनेछ।

१९. अङ्गीकृत नागरिकले भोट दिन पाउनेछैन । अङ्गीकृत नागरिकबाट नेपालमा जन्मेका नागरिकले भोट दिने लगायत सम्पूर्ण अधिकार पाउनेछन्। विदेशीले नेपालमा जन्माएका शिशुले कुनै हालतमा पनि नेपाली नागरिकता पाउनेछैन ।

२०. रक्षा मन्त्रालय खारेज गरिनेछ। हाल बहालीवाला रक्षा मन्त्रालयका सेना कर्मचारीलाई गृह मन्त्रालय अन्तर्गत प्राकृतिक विपत् राहत सेना स्थापना गरेर समायोजना गरिनेछ।

२१. ईश्वरीय गणतन्त्र पार्टीले छिटो भन्दा छिटो न्याय दिनेछ। सबै मुद्दा सरकारवादी हुनेछन्। उजुरवालाले जुनसुकै हुलाक कार्यालय, प्रहरी कार्यालय वा अरू कुनै सरकारी कार्यालयमा निवेदन दर्ता गर्न सक्नेछन् ।

२२. हाल ७७ जिल्लालाई ७ वटा जिल्लामा परिणत गरिनेछ । धेरै जसो काम इन्टरनेटबाटै हुनेछन् । नारायणी नदीको पूर्वतर्फ पूर्वीमधेश जिल्ला र नारायणी नदीको पश्चिमतर्फ पश्चिमीमधेश जिल्ला हुनेछ । हिमाल र पहाडमा जम्माजम्मी ५ वटा जिल्ला हुनेछन् ।

२३. भू–क्षयको समाधान गर्न विज्ञको सुझाव अनुसार प्राथमिकता साथ कार्यक्रम गरिनेछ । बृक्षारोपणलाई पनि प्राथमिकता साथ कार्यक्रम गरिनेछ ।

२४. हाम्रो राष्ट्रलाई हिन्दू गणतन्त्र घोषणा गरिनेछ । पुण्यभूमि नेपालको कालापानी, सुस्ता, लिपूलेक, लिपियाधुरा लगायतका भू–भाग हिन्दू विरोधी भारतीय सरकारको कब्जाबाट मुक्त गर्न विश्वका समस्त हिन्दूहरूलाई आव्हान गरिनेछ ।

२५. हाम्रो राष्ट्रमा गाईको मासुको व्यापार र भ्रूणहत्या निषेध गरिनेछ।

२६. नेपाल सरकारको कुनै विभागको प्रमुख हिन्दू बाहेक अरू हुने छैन । प्रधान न्यायाधीश, राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रहरी महानिरीक्षक पनि हिन्दू बाहेक अरू हुनेछैन । चुनाव आयोग, मानव अधिकार आयोग एवम् अख्तियार दुरुपयोग आयोगका प्रमुख, उपप्रमुख पनि हिन्दू बाहेक अरू हुनेछैन । हिन्दू र मुसलमान बिच सद्भावको निरन्तरता एवम् विकास गर्न मस्जिदबाट २०० मिटर भित्र सँुगुरको मासु निषेध गरिनेछ ।

२७. श्री ३ वा श्री ५ को हुकुम वा मन्त्रीपरिषदको निर्णयले सार्वजनिक सम्पत्तिलाई निजी सम्पत्ति गरेको भए पुनःसार्वजनिक सम्पत्ति गरिनेछ ।

२८. सबै स्कूलहरुमा नेपाली भाषामा पढाई हुनेछ । १ कक्षा देखि १० कक्षा सम्म हाम्रो आÇनै नेपाली भाषा र संस्कृत भाषाको पढाइ अनिवार्य हुनेछ । ३ कक्षा देखि ९ कक्षा सम्म हिन्दी, भोटे, चिनियाँ र अंगे्रजी भाषाको पढाइ अनिवार्य हुनुको साथै सीपमूलक तथा रोजगारमूलक हुनेछ । शिक्षाको जग आध्यात्मक हुँदै भौतिक विज्ञानमा आधारित हुनेछ । सार्वजनिक स्थानमा व्यापारिक सुचना पाटीमा नेपाली भाषा बाहेक अरू भाषा निषेधित हुनेछन् । सार्वजनिक यातायातमा नेपाली बाहेक अरू भाषाको गीत बजाउन पाउनेछैन । परिवारभित्र आ–आÇनो मातृभाषाको प्रयोग गर्न प्रोत्साहन गरिनेछ । सार्वजनिक स्थानमा नेपाली भाषाको प्रयोग मात्र प्रोत्साहन गरिनेछ। त्रि.वि.वि.मा अंग्रेजी विभाग खारेज गरिनेछ ।

२९. ईश्वरीय गणतन्त्र पार्टी भच्र्युएल् राजनैतिक पार्टी हो । नेपालका समस्त हिन्दू, बौद्ध, किरात स्वतः यस पार्टीका सदस्य हुनुहन्छ । २ चरणको गोला–प्रथाले वा अमेरिकामा जस्तै प्रारम्भिक चुनावद्धारा यस पार्टीको १६५ चुनाव क्षेत्रका उम्मेदवार निर्धारण हुनेछ।

३०. यो पार्टी प्रतिनिधि सभा र केही महानगरको प्रमुख र उपप्रमुखहरूको चुनाव बाहेक अरू चुनावहरू अनावश्यक ठान्दछ ।

३१. विश्वका सबै महासागरहरू शक्तिशाली राष्ट्रहरुको मात्र सम्पत्ति होईनन् । हाम्रो पृथ्वीमा बसोबास गर्ने सबैको साझा सम्पत्ति हो । महासागरबाट हुने आर्थिक लाभ विश्वका समस्त मानिसको फायदाजनक हुने गरेर बाँडफाँड हुनुपर्दछ । हाम्रो राष्ट्रले यस्तो न्यायको लागि संयुक्त राष्ट्र सङ्घमा आन्दोलन गर्नेछ ।

३२. मानव सभ्यता अन्धो राष्ट्रवाद साथै विनाशको हतियारको चरम सीमामा पुगेकाले अब देखि कुनै व्यक्ति नमर्ने गैरप्राणघातक हतियारको थालनी नितान्त आवश्यक ठान्दछ । नेपाल प्रहरीले पनि गैरप्राणघातक हतियार मात्र प्रयोग गर्नेछ ।

३३. प्राचीन समय देखि हिन्दूहरूले प्रचलन गर्दै आएको दाहसंस्कारलाई निरन्तरता कायम गर्ने र मसानघाटहरू निर्माण गर्दै विधि अनुसारको दाउरा निःशुल्क व्यवस्थापन गरिनेछ।

३४. हाम्रो राष्ट्रको विभिन्न स्थानमा कारागार गाउँ बस्तीहरुको निर्माण हुनेछ । यस्ता बस्तीमा कैदीहरूले आनन्दमय जीवनयापन गर्न पाउनेछन् । यस्ता बस्तीहरू आर्थिक हिसाबले स्वावलम्बी हुनेछन् । यस्ता बस्तीमा मोबाईल फोन निषेध हुनेछन् ।

३५. अमेरिकी कानूनको देखासिकी गर्नु पर्ने होइन । पुरुषले पुरुषसंग र महिलाले महिलासंग बिहे गर्न पाउनेछैन । न्यू डाईमण्ड सोसाईटी बन्द गरिनेछ ।

३६. जेष्ठ नागरिक भत्ता, सार्वजनिक यातायातमा भाडामा सहुलियत, अस्पतालमा महसुल सुविधा सरकारले निर्णय गर्ने होइन । इच्छुक व्यक्तिहरूको दानबाट सुविधा दिने हो ।

३७. सरकारले लिने करको दायरा कम गर्दै सर्वसाधारण जनतालाई महँगीबाट मुक्त गर्दै जानेछ ।

३८. माग्ने पेशा गर्ने र सडकमा सुत्ने निषेध हुनेछ ।

३९. पुख्र्यौली सम्पत्तिमा छोरा र छोरीको समान हक हुनेछ । बाबु वा आमा जीउँदै अवस्थामा पुख्र्यौली सम्पत्तिमा छोरा वा छोरीको अधिकार हुनेछैन । कुनै अवस्थामा पनि सासु ससुराको सम्पत्तिमा बुहारीको अधिकार हुनेछैन। लोग्ने र स्वास्नीको पारपाचुके गरेको अवस्थामा निजहरुले विवाह पश्चात जोडेको सम्पत्तिमा मात्र आधा–आधा अधिकार हुनेछ।

४०. सरकारतर्फबाट प्राय दूर–शिक्षा मात्रको कार्यक्रम हुनेछ । निजी पाठशालाहरूमा १% कर निर्धारण हुनेछ । उच्च शिक्षा पनि निजी हुनेछ र १% कर निर्धारण हुनेछ । सरकारले कृषि, वन, भू–क्षय, पर्यावरण र जनस्वास्थ्यको अनुसन्धानमा प्राथमिता दिनेछ।

४१. भू–उपग्रह र ड्रोनहरुको प्रयोगद्धारा राष्ट्रभरीको भौगोलिक अवस्थाको निरन्तर केन्द्रीकृत निगरानी हुनेछ ।

४२. अति आधुनिक प्रविधिको प्रयोगद्धारा कम भन्दा कम खर्चमा राम्रो भन्दा राम्रो छिटो भन्दा छिटो सरकारी प्रकृयाद्धारा हाम्रो राष्ट्रलाई आधुनिक युगमा प्रवेश गराइनेछ ।

४३. गाँजा खेती र निर्यातलाई प्रोत्साहन गरिनेछ । विगतमा नेपाल सरकारले किसानको गाँजा बाली नष्ट गरे वापत क्षतिपूर्ति दिलाउन प्रयत्न गरिनेछ ।

 

प्रस्तुतकर्ता,
रवि मानन्धर

Email: ravipasupatidham@gmail.com
Website: http://www.hinduganarajya.org
https://youtu.be/o8CYJPDBpDY


विश्वमा एक मात्र खर्च बिना चल्ने भर्च्युएल् राजनैतिक पार्टी